कञ्चनपुरमा जुवातास खेल्दै गरेका ८ जना दुई लाख सहित पक्राउ

कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुरस्थित चन्द्रदेव राइस मिलमा जुवातास खेल्दै गरेका ८ जना शुक्रबार राति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले मिलका संचालक पारस भट्ट समेत ८ जनालाई पक्राउ गरेको हो । उनीहरूबाट नगद २ लाख ८ हजार ४ सय २६ रूपैयाँ र तास बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्