शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन

कञ्चनपुर –  शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्धघाटन गरिएको छ । शनिबार एक कार्यक्रमका विच शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरिएको हो । निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य एवं पराराष्ट्रमन्त्री एनपी साउदले उद्घाटन गरेका छन् ।

भवन उद्घाटन गर्दै मन्त्री साउँदले विकास निर्माणका काममा राजनीति गर्न नहुने बताएका छन । ‘चुनावमा बेला हामी फरक फरक पाटीबाट चुनाव लगेका थियौँ, ‘उनले भने, ‘गाँउठाँउको विकास निर्माणमा लागि हामी एकजुट भएर लाग्नुपर्छ ।’

मन्त्री साउदले क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउँदै विकासका लागि राजनीति गर्न नहुने धारणा राखे । मन्त्री साउदले झलारी बजारमा ढल तटबन्ध निर्माणका लागि आवश्यक पहल गर्ने बताए । उनले उत्तर र दक्षिणको विकासका लागि समेत पहल गरिने बताए ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य बहादुर सिह थापाले पालिकाको बृद्धि विकासका लागि प्रदेशबाट पहल गर्ने आश्वासन दिए । कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले नयाँ प्रशासकिय भवन निर्माणसंगै दैनिक कामकाज सहज हुने बताए ।

मेयर महराले स्थानीय स्रोत साधनले मात्रै नगरको सम्बृद्धि गर्न समस्या भएको भन्दै प्रदेश सभा सदस्य बहादुर थापा र परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकषर्ण गराए । मेयर साउदले नगरका गौरब तथा थप योजनाको बजेटका लागि आग्रह गरेका छन ।

कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भवन अनुरुप कर्मचारीले कानुन अनुरुप सबै सेवाग्राहीलाई सेवा दिनुपर्ने बताउँदै चाकरी चाप्लुसीको पछि नपर्न आब्हान गरेका छन ।

कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, कृष्णपुरका मेयर हेमराज ओझा, पुनर्वासका मेयर तोया प्रशाद शर्मा, बेदकोट नगर प्रमुख भोजराज बोहरा, भीमदत्त नगर प्रमुख पदम बोगटी र लालझाडी गापा प्रमुख निर्मल राना,शुक्लाफाँटा निर्वतमान मेयर दिल बहाुदर ऐरले पालिका बाट जनतालाई अधिकतम सेवा सुविधामा जोडदिएका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य राख्दै शुक्लाफाँटा नगर उपप्रमुख कल्पना पन्तले भवन निर्माणसंगै स्तरिय सेवा सुविधान विस्तारमा जोड दिए । कार्यक्रमको संचालन गरिरहेका शुक्लाफाँटा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्र प्रशाद भट्टले भवन निर्माणसंगै थप प्रशासनिक कामकाज कार्य सम्पादनमा सहजता हुने बताए ।

प्रमुख प्रशासकिय अधिकृत भट्टले झण्डै १० करोड लागतमा शर्मा एण्ड कम्पनीले भवन निर्माण गरेको बताए । दुई तले भवन अपाङ्गमैत्री, सुविधायुक्त सभा हल, ६३कोठा सहित सम्पूर्ण शाखा एकै आधुनिक भवनमा रहेका छन ।

कार्यक्रममा विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, पुर्व जनप्रतिनिधी नागरिक समाज सहितको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्