कोशी सरकारबाट औपचारिक रुपमा बाहिरियो एमाले, मन्त्री रानाले दिए राजिनामा

बिराटनगर – कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।  मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा समेटे पछि एमाले कोशी सरकारबाट बाहिरिएको हो ।

आफनो पार्टीको बिरोध र असहमतिको बाबजुद पनि हिजो शुक्रबार माओवादीका गणेश उप्रेती र समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाए पछि आजबाट एमाले सरकारबाट बाहिरिएको हो । शनिबार बिहान एमालेबाट कार्की मन्त्रीपरिषदमा मन्त्री रहेका एमाले संसदीय दलका उपनेता राम रानाले राजीनामा दिएसँगै एमाले सरकारबाट औपचारिक रुपमा बाहिरन पुगेको हो ।

मुख्यमन्त्री कार्कीले मन्त्रीमा नियुक्त गरे लगत्तै प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार साँझ नवनियुक्त मन्त्रीद्धयलाई शपथग्रहण गराएका थिए । उनीहरूको जिम्मेवारी भने तोकिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्