अपडेट: धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौँ – धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहान ७ बजेर ३९ मिनेट जाँदा ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । बिहान कडा झड्कासहितका भूकम्प आएपछि राजधानीका सर्वसाधारण घरबाहिर निस्केका थिए । सर्वसाधारणहरू दसैँको मुडमा व्यस्त रहेका बेला भूकम्प आएपछि त्रासको अवस्था सिर्जना भएको छ । भूकम्पको क्षतिको विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्