नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन सुरु

काठमाडाैं – नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा अधिवेशन सुरु भएको छ । जसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

सकेसम्म सहमति प्रक्रियाबाटै समिति चयन गर्ने प्रयासमा नेताहरु जुटेका छन । अधिवेशनबाट २३५ सदस्य प्रदेश कमिटी चयन हुने एमालेले जनाएको छ । जसको लागि मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।

एमालेको मधेश प्रदेश अध्यक्षका लागि धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, सिहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, संविधान सभा सदस्य पर्साका विचारी यादव, धनुषाका पूर्व जिल्ला सचिव लक्ष्मीनारायण यादव लगायत आकंक्षी देखिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्