डोटीमा जिपबाट खसेर एक महिलाको मृत्यु

सांकेतिक तस्बिर

डोटी-  डोटीमा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ कि ३३ वर्षिया महेश्वरी साउदको बिहिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

साउद गत भदौ २० गते जिपबाट खसेर घाइते भएकी थिइन्। आदर्श गाउँपालिकाबाट दिपायल तर्फ जाँदै गरेकोे सोहि पालिका–६ का टेक लुहारले चलाएको सुदुरपश्चिम प्रदेश ०१–००१–३७८४ नम्बरको बोलेरो जिपको पछाडि सवार साउँद एयरपोर्ट रोडमा खसेर गम्भीर घाइते भएकी थिइन्। घाइते साउदलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो। उनको उपचारमा संलग्न डाक्टरले उपचार सम्भव नरहेको बताएपछि हिजो (बुधवार) मात्रै घर लगिएको थियो। साउदको बिहिवार दिउँसो घरमै मृत्यु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्