आज लेकमको मालिकार्जुन मन्दिर उचाकोट र भगवती मन्दिर कुणीमा रात्रिकालिन ‘तके जात’

काठमाडौँ – लेकम गाउँपालिका वडा नं. ६ उचाकोट र वडा नं. २ कुणीमा आज रात्रिकालिन ‘तके जात’ लाग्दै छ । उचाकोटको मालिकार्जुन र कुणीको भगवती मन्दिरमा रात्रिकालिन ‘तके जात’ लाग्ने भएको हो । वर्षौ देखि चलिएको सांस्कृतिक चलनलाई नयाँ पुस्ताहरुले समेत आत्मसाथ र संरक्षण गर्दै आएका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल चतुदर्शीका दिन रात्रिकालिन ‘तके जात’ लाग्ने गर्दछ । स्थानीयहरुले मन्दिरमा पुजापाठ गर्ने गर्दछन् । रात्रिकालिन ‘तके जात’मा प्रत्येक टोल अर्थात गाउँबाट दमाह बजाउदै ‘जात’ लागिन्छ । यस्तै रातभरी डेउडा, ठाडोखेल, ढुस्को लगायतका खेलहरु खेलेर रमाइलो गरिन्छ । यस पर्वलाई भेटघाट हुने र एक आपसमा सद्भावको पर्वको रुपमा समेत लिइन्छ । काठमाडौँमा आजै इन्द्रजात्रा पनि मनाइदै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्