काठमाडौं महानगर र अभियन्ता ईःबीच सहमति, के-के छ सहमति पत्रमा ?

काठमाडौं – काठमाडौं महानगरपालिका र आन्दोलनरत अभियन्ता ईः बीच सहमति भएको छ । बुधबार बेलुका भएको वार्तामा उनीहरुबीच चार बुँदे सहमति भएको हो । सहमतिपछि ईःपक्षले बेलुका ९ बजे पत्रकार सम्मेलनमार्फत सहमति भएको भन्दै आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोेषणा गरेको छ ।

सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने उल्लेख छ ।त्यस्तै, महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ । समितिमा महानगर, अभियन्ताका प्रतिनिधि तथा सरकार प्रतिनिधि रहने उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्