नेपालका क्रिकेटर कुशल मल्लको विश्व किर्तिमान : टी-२० मा ३४ बलमै शतक

काठमाडौं –  नेपालका क्रिकेटर कुशल मल्लले ३४ बलमा नै शतक बनाएर  टी-२० क्रिकेटमा  यो विश्व कीर्तिमान बनाएका छन् । यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश विक्रमासेकराले ३५ बलमा सतक पुरा गरेर विश्व कीर्तिमान बनाएका थिए ।

मिलरले बनाएको कीर्तिमानपछि रोहित र सुदेशले बराबरी गरेका थिए। मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध, रोहितले सोही वर्ष श्रीलंकाविरुद्ध र सुदेशले सन् २०१९ मा टर्कीविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने ३१ बलमै शतक पुरा गरेको इतिहास छ । दक्षिण अफ्रिकाका एबी डे भिलियर्सले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध ३१ बलमा शतक पुरा गरेका थिए ।

चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत पुरुगा क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध खेलिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्