प्रधान सेनापति शर्मा भारत प्रस्थान, सरोज प्रताप राणालाइ कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी

 

 काठमाडाैं –    प्रधान सेनापति महारथी प्रभुराम शर्मा आज भारत प्रस्थान गर्नुभएकाे छ ।  नयाँ दिल्लीमा आयोजना हुने 13th Indo-Pacific Armies Chief Conference (IPACC) मा सहभागी हुनका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको हाे ।

   प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाई गर्नु भएको थियो । सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो । भारत प्रस्थान गर्नु पूर्व आजै प्रधान सेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।  भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति मिति २०८० असोज ११ गते  स्वदेश फर्कनु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्