१३ औं ‘इन्डो–प्यासिफिक’ सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा भारतको नयाँदिल्ली जाँदै

काठमाडौं – भारतको नयाँदिल्लीमा ८ देखि १० असोजसम्म हुने १३ औं ‘इन्डो–प्यासिफिक’ सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा त्यसतर्फ जाँदैछन् ।

भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरूको सह–आयोजनामा सञ्चालन हुने सम्मेलनमा सहभागी भई प्रधानसेनापति नेतृत्वको टोली ११ असोजमा स्वदेश र्फकने कार्यक्रम छ ।

पहिले ‘प्यासिफिक कमान्ड’ भनिने यो संगठनलाई गएको चार वर्षदेखि ‘इन्डो–प्यासिफिक’ भनिएको छ । ‘इन्डो–प्यासिफिक’ अमेरिका सहितका देशहरूको सैन्य रणनीति हो । प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी वसन्त बहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्