काठमाडौं – सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि राहत शिक्षकहरुले आन्दोलनलाई अझै विश्राम दिएका छैनन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरुले शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनमा उत्रिएका छन् । राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।