प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना बझाङको कार्यक्षेत्र विस्तार

 बझाङ –  बझाङ जिल्लामा प्रधानमन्त्री कूषि आधुनिककरण परियोजना कार्यान्वयन इकाइ बझाङले जिल्लाको १२ वटा स्थानीय तहमा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । जसमा ३०वटा क्षेत्रमा आलु जोन र ९ वटा लाइ दलहन गरेर ३९ वटा क्षेत्रमा आफ्नो कार्यक्षेत्र विस्तार गरेर काम गर्ने कार्यालय प्रमुख चरित्र नारायण यादवले जानकारी दिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ, खुमलटार, ललितपुरको भदौ २४ गतेको निर्णय अनुसार जिल्लालाई आलुजोन र दलहन वालि गरेर ३९ क्षेत्रमा आफ्नो कार्यक्षेत्र विस्तार गरेर काम गर्ने निर्देशन दिइएको हो। जसमा आलु जोनको हालको कार्यक्षेत्र तलकोट गाउँपालिकाको वडा नं १,२,६ र ७, सुर्मा गाउँपालिकाको सबै वडाहरू, मष्टा गाउँपालिका १,२ र ७ , खप्तडछान्ना गाउँपालिका ४,५ र ७, जयपृथ्बी नगरपालिका १,३,४,७,९,११, छबिसपाथिभेरा गाउँपालिका १,२,५,६,र७, दुर्गाथलि गाउँपालिकाका १ र २ तथा  केदारस्यँ गाउँपालिका को १ र ४ वडामा प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना कार्यान्वयन इकाइ बझाङको आलु जोनको लागि काम गर्दै आएको छ ।
दलहन वालिको लागि छबिसपाथिभरा गाउँपालिका वडा नं ५ तलकोट गाउँपालिका वडा नं १र २, जयपृथ्बी नगरपालिका ११ र सुर्मा गाउँपालिकाको सबै वडाहरूमा पनि काम संन्चालन हुदै आएको कार्यालय प्रमुख यादवले बताए। जसका लागि थप अहिले नयाँ कार्यक्षेत्रको प्रस्तावित बित्थडचिर गाउँपालिका वडा न१,२ र ३, बुङल नगरपालिका १,२,८र९, केदारस्युँ गाउँपालिका ६,७र ८, थलारा गाउँपालिका ७ र ८,  दुर्गाथली गाउँपालिका ५ र ६, खप्तडछान्ना गाउँपालिकाको वडा नं २ मा नयाँ कार्यक्षेत्र विस्तार को लागि प्रस्तावित योजना बनाइएको छ।  यस्तै दलहन वालिको लागि साइपाल गाउँपालिका वडा नं १ र २ खप्तडछान्ना गाउँपालिका ३ र ९, थलारा गाउँपालिका ३,५ र ९ मा संन्चालन हुने छ भने केदारस्युँ गाउँपालिका को ६ र ७ मा नया दलहन वालिको लागि काम गर्ने प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना कार्यान्वयन इकाइ बझाङको प्रमुख यादवले जानकारी दिए । यो सगै जिल्लामा आलुको लागि राम्रो पकेट क्षेत्रका रूपमा पनि लिइन्छ। अहिले बाहिर जिल्ला बाट आयात हुने आलु बझाङ जिल्लामा आउन छोडेको सदरमुकाम चैनपुरका ब्यापारिकहरुले बताएका छन्। प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना कार्यान्वयन बझाङले कृषकलाइ राम्रो सहयोग गरेको कृषक नवराज बोहराले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्