कञ्चनपुरमा कुटपिट गरि तिलहरी र मोबाइल लुट्ने दुई जना पक्राउ

सांकेतिक तस्बिर

कैलाली – कञ्चनपुरमा दुई जना माथि कुटपिट गरि तिलहरी र मोबाइल लुट्ने दुई जनालाई पक्राउ गरिएको छ । शुक्लाफाँटा नगरपालिका–५ का ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी द्रोपती जोशीलाई कुटपिट गरी लुटपाट गरेको आरोपमा प्रहरीले वेदकोट नगरपालिका– २ दैजी बस्ने २२ वर्षीय कमल चौधरी र २७ वर्षीय राजु डगौरालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूले शुक्लाफाँटा नगरपालिका–५ स्थित अर्जुनी जङ्गलमा बुधबार साँझतिर उनीहरूमाथि आक्रमण गरी कुटपिट गर्दै लुटपाट गरेका थिए ।

द्रोपतीले घाटीमा लगाएको ८ आनाको तिलहरी, मोबाइल लुटेर फरार भएका दुवै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कुटपिटबाट घाइते भएका अम्बादत्तको दुवै हात र खुट्टामा चोट लागेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्