डिलाशैनकीका एक शिक्षक १२ दिन देखि बेपत्ता, खोजी गर्दै प्रहरी

काठमाडौँ  – विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता छन् । बैतडीको डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता भएका हुन् ।

स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । भदौ ५ गते विद्यालय हिँडेका बोहरा घर नफर्केका र लगाएको चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेको छ ।

बेपत्ता शिक्षकको अवस्था अज्ञात रहेको र खोजीका लागि प्रहरी परिचालन गरिएको भएपनि पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्