आज नागपञ्चमी, नागपोखरीमा भक्तजनाको घुइँचो

काठमाडौं – आज नागपञ्चमी,  देशभर घरका ढोकामाथि नागको तस्बिर र नाग पूजा गरेर नागपञ्चमी मनाइँदै छ । साथै नागको मन्दिर वा पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाउने चलन छ ।

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाउने गरिन्छ । सो अवसरमा आज (सोमवार)  काठमाडौंको नक्सालमा अवस्थित नागपोखरीमा नागको पूजा गर्ने भक्तजनहरुको भीड लागेको छ । साथै देशभर अन्य नाग स्थानहरुमा पनि नागको पूजा गर्न भक्तजनहरु जम्मा भएका छन् ।

यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने, साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्ै धार्मिक विश्वास छ । घरमा नाग, सर्प आदिले दुःख नदिओस् भनेर नाग पूजा गरिने गरिएको एक पुरोहितले बताउनु भयो ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा रहेको बराहपुराणमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्