कैलालीमा भेटियो डेढ महिनादेखि हराइरहेकी महिलाको अस्थिपञ्जर

सांकेतिक तस्बिर

कैलालीको लम्कीचुहा नगरपालिका ४ मा एक महिलाको अस्थिपञ्जर फेला परेको छ। ३३ वर्षीया मन्जु रावलको अस्थिपञ्जर फेला परेको स्थानीयहरूले बताएका छन्। रावल डेढ महिनादेखि बेपत्ता थिइन्। खुट्टा, मेरूदण्डलगायत शरिरका भाग फेला परेको स्थानीयले जानकारी दिएका छन्।

ढुंगाले चेपेर राखेको अवस्थामा अस्थिपञ्जर फेला परेको हो। मन्जुलाई श्रीमानतर्फका आफन्तले मारेर जंगलमा फालेको आरोपसमेत लागेको छ। उनको हत्या गरेको हुन सक्ने अनुमान छ। घटनास्थलमा डोरीसमेत भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरीहरू घटनास्थल गएका छन्। थप अनुसन्धान गरेपछि मात्रै घटनाबारे विस्तृत जानकारी दिन सकिने प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्