मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै छ ।

आइतबार बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारीत गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

मौद्रिक नीतिमा नियामकीय नीतिभन्दा पनि बाह्य क्षेत्रमा भएको सुधारलाई कायम राख्ने गरी मादि्रक उपकरणमा लचकता अपनाउन सक्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । ४ प्रतिशत रहेको सीआरआरलाई यथावत राख्दै घट्दो मुद्रास्फीतिलाई मध्यनजर गर्दै नीतिगत करलगायत ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई घटाउन सक्ने अवस्था रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्