यो हप्ता लगातार बढेको शेयर बजार आज भने सामान्य घट्यो

काठमाडाैँ – यो हप्ता लगातार बढेको शेयर बजार आज बिहीवार भने सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल, लगानी, बीमा, म्युचल फन्ड र अन्य समूहको शेयर घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ । बजार घटे पनि विशाल बजार कम्पनी र लिबर्टी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय ६४ वटा कम्पनीका ८४ लाख २४ हजार कित्ता शेयर कारोबार भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्