राष्ट्रिय सभाको बैठक स्थगित

FILE PHOTO

काठमाडौं – राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो । विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतले बतायो ।

सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्