अखिल क्रान्तिकारी मूल ईकाइ कमिटीकाद्धारा सेनेटरी व्याण्डिङ मेसिन प्रदान

दाङ—देउखुरीको राप्ती गाउँपालिका—२, लालमटियामा रहेको ऐरावती आर्दश बहुमुखी क्याम्पसमा गठित अखिल क्रान्तिकारी मूल ईकाइ कमिटीका विद्यार्थीहरुले पछिल्लो समय रचनात्मक काममा जुट्न थालेका छन् । उनीहरुले आफ्नो दैनिक खाजा खर्चको रकम कटाएर बचाएको पैसाबाट सेनेटरी व्याण्डिङ मेसिन खरिद गरी क्याम्पसलाई हस्तान्तण गरेका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी मुल इकाई कमिटीका विद्यार्थीहरुले खाजा खाने पैसालाई कतौती गरेर बचाएको रकमबाट उक्त सेनेटरी व्याण्डिङ मेसिन खरिद गरी क्याम्पसलाई प्रदान गरी रचनात्मक कामको शुरुवात गरेका हुन् । क्याम्पस समयमा महिनावारी भएपछिको प्याडको समस्याबाट मुक्त गर्न उक्त मेसिन प्रदान गरिएको अखिल क्रान्तिकारी मूल ईकाइ कमिटी बताएको छ ।

करिब ३० हजारको लागतमा खरिद गरी हस्तान्तरण गरिएको उक्त मेसिनबाट क्याम्पसमा अध्ययन गर्ने छात्राहरुलाई सहयोग पुगोस् भन्ने उदेश्यले हामीहरुले उक्त सेनेटरी प्याड मेसिन खरिब गरी हस्तान्तरण गरेका हुन ।उक्त मेसिन क्याम्पसमा आएपछि आफूहरुलाई महिनावारी भएको समयमा प्राध्यापकहरु संग प्याड माग्नुपर्ने बाध्यता हटेको विद्यार्थीहरुले बताएका छन् । क्याम्पसलाई प्याड ब्यान्डिंग मेसिन दिएपश्चात आफूहरुले राहत महसुस गरेको विद्यार्थीहरुको भनाई छ । निःशुल्क हस्तारन्तरण गरिएको उक्त प्याड मेसिनमा एक पटकमा ६० वटा प्याड सुरक्षित राख्न सकिन्छ । कसैलाई आवश्यक परेको अवस्थामा सहजै निकाल्न मिल्छ । सो मेसिनमा ‘क्वाइन’ राखिएको हुन्छ । उक्त ‘क्वाइन’लाई मसिनमा हाल्यो भने प्याड बाहिर निस्कने प्रबिधि रहेको छ ।

क्याम्पस प्रशासनले उक्त मेसिनलाई दिर्घकालिन सही सदुपयोग र संरक्षणका साथै मेसिनमा प्याड सकिन साथ प्याड भर्ने सहितको सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रशासनले लिने क्याम्पस प्रशासनलेबताएको छ । सेनेटरी व्याण्डिङ मेसिन सञ्चालनमा आए संगै अब क्याम्पसमा अनुपस्थित हुनेको विद्यार्थीहरुको संख्यामा समेत कमी आउने विश्वास लिइएको छ ।प्रत्येक महिना महिलाहरुमा हुने महिनावारी प्राकृतिक नियम भएको बताउँदै राप्ती गाउँपालिकाले क्याम्पसमा अध्ययन गर्दा महिनावारी कै कारण पठाई छोड्नुपर्ने र क्याम्पस नआउने समस्या प्रति स्थानीय सरकार गम्भीर रहेको बताएको छ । यसरी संधैभरि आन्दोलन र हड्ताल मात्र गर्ने राजनितिक दलका भातृ संगठन विद्यार्थी संगठनहरु रचनात्मक काममा जुट्न जरुरी छ । अब विद्यार्थी संगठनहरुले आन्दोलन र हड्ताल छोडेर यस्तै खालको रचनात्मक काममा जुट्न सक्ने हो भने मात्र क्याम्पस वा विद्यालय शान्ति र सुन्दर क्षेत्रको रुपमा विकास हुने थियो की ?

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्