विकास नगरद्वारा बिद्युत कार्यालय घोराहिलाई सम्मान

अषाढ ९ दाङ –  विकाशनगर टोल बिकास संस्थाले नेपाल बिद्युत प्राधिकरण घोराहि शाखालाई सम्मान गरेको छ । बिगत धेरै बर्ष अगाडि देखि बिकाशनगर विकास संस्थाले भोल्टेजको कमिका कारण निकैनै सास्ति खेप्नु परेको थियो । घरमा भएका बिद्युतिय सामग्रि पानि तान्ने मेसिन , फ्रिज , पंखा लगायतका सामान चल्नु त कता हो कता भोल्टेजको कमिले भएका सामान पनि बिग्रदै गएको टोलबासिको गुनासोि थियो । त्यहि समस्या समाधानका लागि टोलका अध्यक्ष बेचन वलीको नेतृक्त्वमा २०७६ सालबाट बिद्युत कार्यालयमा पटक पटक ध्यानाकर्षण गराएको थियो । धेरै लामो समयपछि अहिले नेपाल बिद्युत प्राधिकरण घोराहि बितरण केन्द्रले माग सुनुवाई गर्दै भोल्टेज ब्यबस्थापन गर्नको लागि विकाशनगर टोल बिकास संस्थालाई ३ वटा ट्राँन्समिटर प्रदान गरी जडान गरीदिएको थियो । ठाँउ ठाँउमा नँया ट्रान्समिटर जडान भएपछि टोलबासि समस्या मुक्त भएका छन ।

सोहि अवसर पारेर विकासनगर टोलले टोलका अध्यक्ष तथा समाजसेवि बेचन वलीको नेतृक्त्वमा बरीष्ट उपाध्यक्ष खुशलराम पुन र संस्थापक अध्यक्ष को उपस्थितिमा  बिद्युत प्राधिकरण शाखामै गएर शाखाका प्रमुख मिथिलेस कुमार गोहिवारलाई टिका तथा खादा र प्रशंसा पत्रले सम्मान गरेको हो । शाखा प्रमुख गोहिवारले बिद्युत प्राधिकरण घोराहि शाखाको उच्च मुल्याङ्कन गरी सम्मान गरेको भन्दै विकास नगर टोल बिकास संस्था प्रति आभार प्रकट गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्