बझाङ चल्ने बस धनगढी फिर्ता भएपछि पाँच दिनदेखि बससेवा बन्द, सिडिओ कार्यालयमा छलफल

बझाङ- बझाङ जिल्लामा चल्ने बसहरुको भाडाको बिषयलाई लिएर यहाँ चल्ने बसहरु सबै धनगढी लिएपछि बुधबार जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको बैठकमा त्यो विषयमा छलफल गरिएको छ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले सुदुरपश्चिम प्रदेश सरकारले निर्धारण गरेको यातायात भाडादरको विषय कार्यन्वयन गर्न स्थानीयको दवाव र साथै आफुले कार्यान्वयन गर्न खोज्दा बस यातायात व्यवसायीहरुले अस्वीकार गरि बझाङ चल्ने २६बसहरु धनगढी लिएपछि विगत पाँच दिनदेखि बझाङमा बसको यातायात बन्द छ। सिडियो कार्यालयमाको बैठकमा सहभागी भएका जिल्लाका सबै स्थानीय तहका प्रमुख साथै कार्यालय प्रमुखहरु समेक्ष प्रमुख जिल्ला अधिकारी पाण्डेयले अरु जिल्लाका सिडियोले कार्यान्वयन नगरे पनि आफुले प्रदेश सरकारको राजपत्रमा प्रकाशित भइरहेको यातायात भाडादरको आफुले कार्यान्वयन गर्ने कर्तब्य भएको बताए।

सुदुरपश्चिम प्रदेश सरकारले जेठ १८को निर्णय अनुसार प्रदेशका नौ जिल्लाको यातायात भाडादर निर्धारण गरिएको थियो। पुरानो भाडादर बाह्र सय असी रहेको बझाङमा धनगढी बझाङ नयाँ भाडादर एक हजार एकचालिस तोकेपछि बझाङ बस यातायात समितिले केही दिन भाडादर सहमति गरि केही दिन बस चलाएपनि धनगढी‌र महेन्द्रनगर मा रहेका बस ब्यवसायी समितिका प्रदान कार्यालयले नयाँ भाडादर अस्वीकार गरेपछि बझाङमा बस चल्न नसकेको हो।

अहिले बस ब्यवसायी समिति र प्रदेश सरकार बिच छलफल भइरहेको बुझिएको छ। पाँच दिन सम्म बस जिल्लामा नचल्दा यात्रुहरु लाइ समस्या भएको छ। अहिले धनगढी महेन्द्रनगर जानेको लागि यात्रुहरुले जिप मार्फत भाडा महँगो तिरेर जान्न बाध्य भएका छन्। नयाँ भाडादर प्रदेश सरकारले निर्धारण गरिएको हुँदा यस्लाई घटाउन वा बढाउने भन्ने विषयमा प्रदेश सरकारले निस्कासन दिनुपर्ने बैठकमा सहभागीहरुले जोड दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्