नेसनल प्याब्सनको तेस्रो बैठक कर्णालीको रारामा हुने, यस्ता छन् बैठकका एजेण्डाहरु

काठमाडौँ – राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन) नेपालले केन्द्रीय समितिको तेस्रो बैठक कर्णाली प्रदेशको रारामा गर्ने भएको छ ।

असार १ गते कर्णाली प्रदेशको रारामा बैठक हुने केन्द्रीय अध्यक्ष पाण्डव हमालले जानकारी दिए । अध्यक्ष हमालका अनुसार बैठकमा नेसनल प्याव्सन केन्द्रीय समितिको तनहुँमा सम्पन्न दोस्रो बैठकको समिक्षा हनेछ भने जिल्ला अधिवेशनका सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ । यस्तै बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठक सम्बन्धि र विभिन्न जिल्लाका स्थानीय निकायहरुले निजी विद्यालयहरुमा गरेका अनावश्यक हस्तक्षेपकाका सम्बन्धमा समेत छलफल हुने हमालले जानकारी दिए । यस्तै बैठकले सामाजिक सुरक्षा कोषका विषयमा समेत छलफल गर्नेछ भने केन्द्रीय समितिले प्रकाशन गरेको वार्षिक कार्यतालिका लागु गर्ने विषयमा बैठकले छलफल गर्नेछ ।

बैठकले मुलुकको पर्यटन क्षेत्रमा थप टेवा पुग्ने अध्यक्ष हमालको विश्वास छ । ‘बैठकले आफ्नो मुलुकको पर्यटनलाई प्रबर्धन गर्ने छ ।’ अध्यक्ष हमालले भने, ‘त्यहाँ हामिले हाम्रो राष्ट्रिय गौरव राष्ट्रिय झण्डा र हाम्रो नेसनल प्याब्सनको झण्डा रख्ने र संगठनलाई ब्राण्डिङ गर्ने रहेकोछ ।’
नेसनल प्याब्सनको ५७ सदस्यीय केन्द्रीय समिति रहेको छ । बैठमा उपस्थित हुने कतिपय सदस्यहरु सपरिवार रारा जाने भएकाले पर्यटनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

बैठकलाई पुर्णरुपमा सहजीकरण केन्द्रीय उपाध्यक्ष कमल सिंह ठकुरी, कर्णाली प्रदेश समिती र सुर्खेत जिल्ला समितीले गर्नेछ । नेसनल प्याब्सनको नेतृत्व हमालले सम्हाले देखि संगठन चलायमान बनेको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्