सुदूरपश्चिमको नीति तथा कार्यक्रममा के छ ? (पूर्णपाठ सहित)

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रममा आगामी ५ वर्षभित्र स्थानीय तहका केन्द्र जोड्ने गरी सडक निर्माण गर्ने, गोदावरी–अत्तरिया–धनगढी सडकमा मनोरेल सञ्चालन गरिने, सडक किनारमा वृक्षरोपण गर्ने, सडकको योजनाबद्ध विकास तथा सडक सुरक्षा योजना बनाउने नीति तथा कार्यक्रममा समेटिएको छ ।

स्वास्थ्यमा सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा डायलासिस र आईसीयू विस्तार गर्ने, बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेल्धुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्ने प्रदेश सरकारको नीति छ ।

गर्भवती, सुत्केरी महिला र बृद्धबृद्धालाई पोषण समाग्री सहितको किट वितरण गर्ने, मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षा कार्यक्रम सञ्चालन गर्ने, नसर्ने रोग र मानसिक तथा दीर्घरोग सम्बन्धी योजना बनाएर कार्यान्वयन गरिने प्रदेश प्रमुख जोशीले बताए ।

मुख्यमन्त्री शैक्षिक पूर्वाधार विकास तथा गुणस्तर कार्यक्रममार्फत प्रत्येक स्थानीय तहमा एउटा नमूना विद्यालय स्थापना, विभिन्न क्याम्पसलाई विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न सम्भाव्यता अध्ययन गर्ने, अपांगता भएका बालबालिकालाई प्रोत्साहन गर्ने, वादी उत्थान छात्रवृत्ति कार्यक्रम पनि प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

पूर्णपाठ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्