सुनकोशी नदीमा बेपत्ता भएका दुई जनाको शव भेटियो

सिन्धुली – सुनकोशी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको गाडी भित्र दुई वटा शव भेटिएको छ ।

सुनकोशी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी चढेको गाडीभित्र दुई जनाको शव मंगलबार भेटिएको हो । जेठ १९ गते मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिकाको –७ लौकुनबाट जिप सुनकोशी नदीमा खस्दा तीन जना कर्मचारी बेपत्ता भएका थिए । बेपत्ता हुनेमा सीटीईभीटीका प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल रहेका थिए । उनीहरुको खोजी कार्यका लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको थियो ।

भेटिएको २ दुईवटा शवमा निर्देशक केसी र विद्युत् प्राविधिक पौडेलको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । भुर्तेलको अवस्था भने अझै अज्ञात छ । भक्तपुरबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जिप दुर्घटना भएको हो । गाडीका चालक भने पौडिएर बाहिर निस्किएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्