कालापानी, लिपुलेक र लिम्पियाधुरासँग बंगलादेश जानेबाटो साट्ने राष्ट्रघाती सोच लेण्डुप दोर्जे प्रवृति हो : पूर्वमन्त्री ठगुन्ना

काठमाडौँ – नेकपा एकालेका प्रभावशाली नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई सुम्पेर बंगलादेश जानेबाटो माग्ने कुरा लेण्डुप दोर्जे प्रवृति भएको बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको ४ दिने भ्रमण सकेर नेपाल फर्किएको दिन नै यस्तो प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको भारतसँग समुद्रसम्म जाने बाटो माग्ने कुरा भएको बताएका थिए । प्रचण्डको यस्तो अभिव्यक्तिको पूर्वमन्त्री ठगुन्नाले चर्को आलोचना गरेका हुन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको मुटु भएको र मुटु काटेर हातखुट्टा का नंग्रा माग्ने कुरा कुनैपनि देशभक्त नेपालीहरुलाई सह्य नहुने चेतावनी दिएका छन् ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यूको भारत भ्रमणको बेला कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई सुम्पेर बंगलादेश जानेबाटो माग्ने कुरा उठाएको सन्दर्भ विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको मुटु हो । मुटु काटेर हातखुट्टा का नंग्रा माग्ने कुरा कुनैपनि देशभक्त नेपालीहरुलाई सह्य छैन ।’ पूर्वमन्त्री ठगुन्नाले भने, ‘यदि यो कुरामा सत्यता छैन भने सरकारले तत्काल खण्डन गर्नु पर्दछ । यदि सत्यता हो भने यस्तो राष्ट्रघाती सोच लेण्डुप दोर्जे प्रवृतिको नेपाली रुपान्तरण हो । यसका विरुद्ध निरन्तर लड्नु हाम्रो कर्तव्य हो ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्