नागरिकता विषयमा मुद्दा हालेर आफूलाई इरिटेट गरियाे: रवि लामिछाने

File Photo

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले नागरिकता विषयमा मुद्दा हालेर आफूलाई इरिटेट गरिएको बताउनु भएको छ ।

बिहीबार बिहान लामिछानेले सामाजिक सञ्जालबाट मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताउनु भएको छ । ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ।’ भनी उल्लेख गरेका छन् । लामिछानेले अमेरिकाको नागरिकता परित्याग गरेको तथ्य अदालतको माघ १३ को फैसलाले नै पुष्टि गरिसकेको साथै आफूले नेपाली नागरिकता पुनःकायम गराएको बताउनु भएको छ । अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा जेठ ९ गते सर्वोच्चमा बुझाइसकेको लामिछानेको भनाइ छ ।

लामिछानेविरुद्ध प्रतिनिधिसभा सदस्य पदका लागि अयोगय भएको भन्दै सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको थियो । युवराज सफलले लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको भन्दै प्रतिनिधिसभा सदस्यको रुपमा कार्य गर्न रोक लगाउन अन्तरिम आदेश जारी गर्न माग गर्दै रिट दर्ता गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्