नेपाली सेनाका क्याप्टेन दिपेन्द्र दार्चुला जिल्लाकै प्रथम सगरमाथा आरोही

दार्चुला –  नेपाली सेनाका क्याप्टेन तथा सह सेनानी दिपेन्द्र सिँह खत्रीले विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरेका छन् । उनी दार्चुला जिल्लाको पहिलो सगरमाथा आरोही समेत बनेका छन् । दार्चुला जिल्ला लेकम गाउपालिका वडा नम्बर ६ सिरोडामा बुवा सबिर सिंह खत्री र आमा जानकी देवी खत्रीको कोखबाट जन्मेका दिपेन्द्र सानैदेखि आटिला र तीक्ष्ण बुद्धि भएका व्यक्तिमा पर्दथे। आधारभूत शिक्षा गाउकै हुनैनाथ आधारभूत विद्यालय र लटिनाथ माविबाट कक्षा १०सम्म अध्ययन गरेका २९ बर्षिय दीपेन्द्रले स्नातक सम्म अध्यन पश्चात नेपाली सेनाको सहायक सेनानी पदमा भर्ना भएका थिए ।

हाल नयाँ गोरख गणमा सह सेनानी (Caption ) पदमा कार्यरत रहेका आरोही खत्री राष्ट्रको सेवा गर्दैमा छन् । नेपाली सेनाका कर्णेल सहित पाँच जना सैनिक अधिकृत र पाच जना सेर्पा गाइड सहित दस जनाको टोलि सगरमाथामा पुगेको थियो। नेपाली सेनाले हिमाल सफाइ कार्यक्रम सन्चालन गरेको थियो र सोही अन्तर्गत उनीहरुले सगरमाथा सफाइ सहितको कार्यक्रम लिएर सगरमाथा तिर गएका थिए।
दार्चुला जिल्लाबाट प्रथम आरोहि खत्रीले २०८०जेष्ठ १गते (May -15 -2023) सोमबार १० बजेर ५ मिनटमा बिश्वको सर्बोच्च शिखरको आरोहण गरेका हुन।

सगरमाथा आरोहण पछि तल झर्दै गर्दा मौसम खराब हुन पुग्याे । उनी साउथ पोलबाट राती ओर्लिदै ८,७४९ मिटरमा राती १२ बजे तिर उनको स्वास्थ्य अवस्था खराब भइ लड्न पुगे । अरु आरोहीहरु उनलाइ छोडेर तल चार नम्बर बेस क्याम्परमा फर्किए। पछि चार नम्बर बेस क्यामबाट सेर्पा गाइडहरु उनी लडेको स्थानमा अर्को दिन २ गते गएर दिउँसो ३ बजे तिर उनलाइ बेहोस अवस्थामा भेटाए र ७९५० मिटर तल क्याम्प नम्बर चारमा उनलाइ सेर्पा गाइडहरुले बोकेर पुर्याए ।

उनको हात, खुट्टा, कान आदि अंग चिसोले समस्या पारेकाे थिए भने स्वास्थ्य चिसोले बिग्री रहेको थियो। उनलाइ सेर्पा गाइडले आफ्नो अक्सिजन सहित प्राथमिक उपचार गर्यो। पछि जेठ ३ गते उनीलगायत उनको टिमलाई सेनाको हेलिकप्टरले उद्दार गरि काठमाडौ लगेको थियो । काठमाडौको एउटा अस्पतालमा उनको उपचार हुँदै छ। उनको स्वास्थ्य अवस्थामा निक्कै सुधार भएको छ। उक्त आरोहणको क्रममा एक जना सेर्पा गाइडको निधन समेत भएकाे छ ।

सहायक सेनानी सगरमाथा आरोही खत्रीले आफ्नो स्वास्थ्यको प्रवाह नगरी विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गरेर आफू कार्यरत नेपालि सेनाको गौरब बढाएको छ। उनले शारीरिक कष्ट भोगेर पनि सगरमाथा आरोहण गरि आफ्नो नाम ईतिहास रहुन्जेल सम्म सम्झने  गरि अमर बनाएका छन् । सगरमाथा आरोही दिपेन्द्रको स्वास्थ्यमा चाडैं सुधार हुने विश्वास सुभचिन्तकहरूले  गरेका छन् भने उनी खतरामुक्त भइसकेकाे अस्पतालले जनाएकाे छ ।

सगरमाथा नेपालको कोशी प्रदेशको सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लाको महालङ्गुर हिमसृङ्खला अन्तर्गत पर्दछ। यो विश्वको सर्बोच्च शिखर हो। यसको नाम भारतका तत्कालीन प्रख्यात नापी बिज्ञ सर जर्ज एभरेस्टको नामबाट मार्च १८५६मा नामकरण गरिएको हो । नेपालीमा सगरमाथा नाम ईतिहास सिरोमणी बाबुराम आचार्यले राखेका हुन।

सगरमाथाको उचाइ ८८४८.८६  मिटर(२९०३१.७ फिट) रहेको छ। बाह्रमासनै बाक्लो हिउले ढाकि रहने, हिमस्खलन र हिम आधिको जोखिम भइरहने, अत्यधिक चिसो , विषम मौसम भइरहने, सासफेर्न अक्सिजनको मात्रा कमहुने, हिउको चिप्लो र जोखिम पुर्ण बाटो भएको, सर्बोच्च सिखर हो सगरमाथा ।
करिब चारवोटा बिच बिचमा आश्रयको लागि बेस क्याम्प बनाइ हिड्दै र निस्चित समयपछी आराम गर्दै डोरि, लट्ठि, हिउमा न चिप्लिने जुत्ता, तथा चिसो सहन सक्ने गरि बनाइको लुगा आदिको सहायताले ज्यान हत्केलामा राखि सगरमाथा सिखरमा चढ्ने गर्दछन। चढ्नु भन्दा पनि ओर्लिन झन जोखिम हुनेगर्दछ । सबैभन्दा अग्लो टाकुरो चढ्नु कुनै चानचुने कुरो हुँदैन । अदम्य साहस ,हिम्मत , स्वस्थ शरीर र हिमाल चढेको अनुभव, आर्थिक सम्पन्नता र जोखिम मोल्न तयार भएका ब्यक्तीहरु मात्र सगरमाथामा अरोहण गर्न सक्छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्