नेपाली कांग्रेस नेता एवं संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

काठमाडौं– नेपाली कांग्रेस नेता एवं संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष समेत रहनु भएका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

२००२ मंसिर २१ गते सोलुखुम्बुमा जन्मनुभएका बस्नेत काठमाडौंको सिफलमा बस्दै आउनु भएको थियो । २००७ सालको जन–क्रान्तिदेखि नै नेपाली काँग्रेसमा सक्रिय रहेर राजनीति गर्नुभएका बस्नेत नेपाली काँग्रेसको पूर्व केन्द्रीय तथा पूर्व सांसद पनि हुनुहुन्छ । उहाँले २०४८ सालदेखि २०५१ सालसम्म गारखापत्र संस्थानको अध्यक्षको जिम्मेवारी समेत बहन गर्नु भएको थियो ।

नेपाली राजनीतिमा उहाँको अतुलनीय योगदान रहेको र प्रजातन्त्र प्राप्तिदेखि बहुदल, लोकतन्त्र, गणतन्त्र प्राप्तिसम्ममा उहाँको योगदान रहेको थियो । उहाँले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख भएर पनि लामो समयसम्म काम गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्