काल्पनिक शब्दका साथमा मोडलिङ गरेकी राधिकाले वास्तविक जीवनमा पति गुमाउनुपर्‍यो

फोटो : दिनेश खबर

थुप्रै देउडा गीतमा मोडलिङ गरेकी मोडल राधिका बोहराले पति गुमाउनु परेको छ । अष्ट्रेलिया बस्दै आएकी सञ्चारकर्मी तथा मोडेल राधिकाको श्रीमान विदामा नेपाल आएकाबेला दुर्घटना परि ज्यान गुमाउन पुगेको छन् । श्रीमतीलाई अस्ट्रेलिया छाडेर घरबिदामा आएका तपेन्द्र बडुवाल कञ्चनपुरमा सवारी दुर्घटनामा परी संसारबाट बिदा भएका छन् ।

श्रीमतीलाई घरमा परिवार भेटेर फर्किने बाचा गरेका तपेन्द्र अब कहिल्यै अस्ट्रेलिया नर्फकिने गरि अस्ताएका छन् । श्रीमानको बाटो कुरेर बसेकी राधीका शोकमा डुबेकी छिन् । यसरी कहिल्यै नर्फिने गरी अस्ताएका बडुवालले सिंगो कञ्चनपुर शोकमय भएको छ ।

भानुभक्त जोशीका गीतहरुमा राधिकाले मोडलिङ गरेको थियो । चर्चित देउडा गीत घुम बादल अपीका रोल, कोइली बासन्ना लगायतका गीतहरुमा उनले अभिनय गरेको छ । यी काल्पिनिक गीतहरुसँग साँच्चिकै मोडेल बोहराको मेल खाएको देखिन्छ । गीतमा उल्लेख भएका शब्द दही अक्षता नेपालको, घनघोर जंगलका माथि, अन्तिम टिको लाया, जनफुटाए नाडीका चुरा नआएलै घर भनि समावेश भएका शब्द राधिकाको जीवनमा भोग्नुपरेको छ । गीतमा श्रीमान विदेश गएकोले र लास मात्रै फर्केकोले श्रीमती बिधुवा हुनुपरेको कथालाई समावेश गरेको छ । सो काल्पनिक गीतको कथा आज गायिका तथा मोडेल राधिकाले भोग्नुपरेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा ५ वर्षअघि तपेन्द्र बडुवाल अस्ट्रेलिया गएका थिए । कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २८ वर्षीय बडुवाल कृष्णपुर नगरपालिका–५ स्थित बनदेवी मन्दिर नजिकको जंगलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा मृत्युको सिकार बन्न पुगे । बडुवालले चलाएको सुदुरपश्चिम प्रदेश ०२–००–४ प १८४६ नम्बरको मोटरसाइकल से १ त २८२९ नम्बरको ट्यााक्टरको ट्रलीमा ठोक्किँदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्