कस्तो रहला आजको मौसम ?

काठमाडौँ – पछिल्लो साता साता सक्रिय रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बुधबार पनि दिनभरजसो नै रहनेछ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले कर्णाली प्रदेशका विभिन्न भूभागमा हल्का वर्षा भइरहेको छ भने पानी परेका उच्च भू–भागमा हिमपात पनि भइरहेको छ। ‘हाल देशभर आंशिकदेखि सामान्य बदलीकै अवस्था छ,’ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ।

दिउँसोपख भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने उनले बताइन्। काठमाडौं उपत्यकामा दिउँसोसम्मै मौसम बदली नै रहने छ। मध्याह्नपख हल्का वर्षाको सम्भावना रहेको पनि उनले बताइन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्