रवि लामिछाने फेरि बने रास्वपा संसदीय दलको नेता

File Photo

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन्।

सोमबार दिउँसो बसेको संसदीय दलको बैठकले लामिछानेलाई निर्विरोध संसदीय दलको नेता चयन गरेको हो । यसअघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो।

केन्द्रीय समिति बैठकपछि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने बताए। आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको ३६ विभाग गठन गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्