नेपालले युएईको पहिलो विकेट लियो, कप्तान वासीम आउट

काठमाडौँ – एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच कीर्तिपुर मैदानमा उपाधिमा लागि प्रतिस्पर्धा भइरहेको छ। नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै युएईले ब्याटिङ गरिरहेको छ।

नेपालले ३.१ ओभरमा युएईको पहिलो विकेट लिएको छ। युएईका कप्तान मोहमद वासीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच गराएका छन्। उनले ८ बलमा ११ रन जोडे। युएईले पहिलो विकेट गुमाउँदा १७ रन बनाएको थियो।

खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झाले स्थान बनाएका छन्। दीपेन्द्रले पछिल्ला पाँच खेलमा राम्रो ब्याटिङ गर्न सकेका छैनन्। तीन पटक दोहोरो अंकमा रन बनाउन चुकेका दीपेन्द्रले पछिल्ला पाँच खेलमा कुल ३४ रन मात्र बनाएका छन्।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्