बैतडीमा एक पुरुष झुण्डिएको अवस्थामा मृत भेटिए

बैतडी – बैतडीमा एक पुरुष घाँटीमा पासो लगाएर मृत अवस्थामा फेला परेका छन् । पाटन नगरपालिका वडा नं–६ पैराड बस्ने ४० बर्षका मदन राम पहरी मृत अवस्थामा फेला परेका हुन् ।

उनी घर भन्दा ३० मिटर टाढा भिमलको रुखमा घाटीमा जुटको डोरीले पासो लगाई झुण्डीई मृत अवस्थामा उनकी श्रीमतीले फेला पारेकि थियन् । उनले फोन मार्फत प्रहरीलाई जानकारी गराएपछि प्रहरीको टाेली घटनास्थल पुगेको थियाे ।

लाश जाँचका लागि मुचुल्का उठाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनको घरमा लाश राखिएको बैतडी प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्