कुवेतविरूद्ध रोहित र कुशलको अर्धशतक

काठमाडौँ – एसिसी प्रिमियर कपअन्तर्गत कुवेतविरूद्धको सेमिफाइनलमा नेपालका कप्तान रोहित पौडलले र मध्यक्रमका ब्याट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्।

वर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितले ५६ बल र कुशलले ४२ बलमा अर्धशतक प्रहार गरे। रोहितले ४ चौका र १ छक्का तथा कुशलले ४ चौका र ४ छक्का प्रहार गरे। कुशल ५७ रन जोडेर आउट भएका छन्।

नेपालले २८.३ ओभरमा ४ विकेट गुमाएर १८९ रन जोडेको छ। ओपनरद्वय कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए। यस्तै भीम सार्कीले एक रन मात्र जोड्न सके। प्रतियोगिताको अर्को सेमिफाइनलमा ओमान र युएईबीच मुलपानीमा खेल भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्