वर्षाका कारण नेपाल र कुवेतबीचको खेल रोकियो

काठमाडौँ – एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको सेमिफाइनल वर्षा कारण रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउदा रोकिएको हो।

नेपालका लागि रोहित पौडेल ३० रन र कुशल मुल्ल ३२ रन बनाएर खेलिरहेका छन्।

ओपनरद्वय कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए। यस्तै भीम सार्कीले एक रन मात्र जोड्न सके।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्