राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त

काठमाडौँ –  सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरेको छ । आर्थिक वर्ष २०८०–८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा.डा. आरपी विछा र प्रभु बुढाथोकीलाई आयोग सदस्यमा नियुक्त गरेको हो ।

नवनियुक्त सदस्यहरू मध्ये पौडेल र विछाले शुक्रवार शपथ ग्रहण गरिसकेका छन् भने बुढाथोकी काठमाडौँ बाहिर रहेकाले शपथ ग्रहण बाँकी रहेको छ । सरकारले यसअघि नै राष्ट्रिय आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा‍‍. मीनबहादुर श्रेष्ठलाई तथा सदस्यहरूमा रामकुमार फुयाँल र डा जयकान्त राउतलाई नियुक्त गरिसकेको थियो ।

थप तीन सदस्य नियुक्त भएपछि राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्