महिला उद्यमी एवं ‘व्युटिसियन’ भट्टराई सम्मानित

काठमाडौँ – महिला उद्यमी, सौन्दर्यकला व्यवसायी एवं समाजसेवी रितु भट्टराई सम्मानित भएकी छिन् ।
फोकस नेपालको दशौँ बार्षिकोत्सवको अवसरमा बिहिबार काठमाडौँ आयोजित  एक कार्यक्रममा भट्टराई सम्मानित भएकी हुन् । फोकस नेपालले विभिन्न विधामा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो । भट्टराई महिला उद्यमी तथा उत्कृटि सौन्दर्यकला व्यवसायीका रुपमा सम्मानित भएकी हुन् । सम्मानित भएपछि अझै सामाजिक दायित्व थप भएको उनले बताएकी छिन् । ‘यो सम्मानले मलाई अझै समाजका लागि र व्यवसायिक रुपमा थप जिम्मेवार बनाएको छ,’ भट्टराईले उपहारखबरसँग भनिन्, ‘पहिलो चोटि महिला उद्यमी एवं उत्कृष्ट व्युटिसियनको रुपमा सम्मानित हुँदा एकदमै खुसी छु, सहयोगी सबैलाई धन्यवाद दिन चाहन्छु ।’

भट्टराई १ दशक देखि व्युटिसियन पेशामा आवद्ध छिन् । उनी सुदूरपश्चिको बैतडीबाट काठमाडौँ आएर लामो समयदेखि समाजसेवा र गायन क्षेत्रतिर पनि आवद्ध छिन् । उनी भाषा, संस्कृतिको जगेर्नाको लागि क्रियाशिल छिन् । सुदूरपश्चिमा मनाइने विभिन्न चाडबाडहरुलाई काठमाडौँमा मनाउन समेत उनी सक्रिय छिन् ।

उनले बिहिबार नै ‘सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड प्राप्त गरेकी छिन् । उनले ‘वेष्ट डेउडा न्यु सिंगिङ फिमेल अवार्ड प्राप्त गरेकी हुन् । पिरतीको प्याला बग्यो बोलको गीतमा उनले अवार्ड हात पार्न सफल भएकी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्