बझाङको त्रिवेणी आदर्श क्याम्पसको स्ववियु सभापतिमा करिना भण्डारी निर्विरोध चयन

बझाङ  – बझाङको बुङ्गल नगरपालिकाको बिजगडामा रहेको त्रिवेणी आदर्श क्याम्पसको स्वतन्त्र विद्याथी युनियन (स्ववियु) सभापतिमा करिना भण्डारी निर्विरोध चयन भएकी छन् । त्रिभुवन विश्वविद्यालय मातहत रहेको त्रिवेणी आदर्श क्याम्पसमा यहीँ चैत ५ गते हुन लागेको स्वतन्त्र विद्याथी युनियन (स्ववियु) निर्वाचनका लागि नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलको एकल उम्मेदवारी परेपछि भण्डारीको प्यानल निर्विरोध चयन भएको छ ।

क्याम्पसमा स्ववियु उपसभापतिमा समानुपातिकबाट अखिल क्रान्तिकारीकी सन्तोषी ओखेडा , सचिवमा प्रत्यक्षबाट अखिल क्रान्तिकारीकी सुनिता बोहरा , सहसचिवमा समानुपातिक नेविसंघबाट मनिषा कुमारी कार्की , उपाध्यक्षमा प्रत्यक्षबाट नेविसंघकी एलिना कुमारी धामी निर्विरोध चयन भएको निर्वाचन अधिकृत डम्बर बहादुर कार्कीले बताए । यस्तै बबिता कामी, बबिता कुमारी सिंह , डम्मरा कार्की प्रत्यक्ष नेविसंघबाट सदस्य र सुनिता कुमारी गुर्धामी, कोपिला कुमारी ठगुन्ना , अखिल क्रान्तिकारीबाट प्रत्यक्ष सदस्यमा चयन भएका छन् । नेविसंघबाट समानुपातिक सदस्य आशिका बोहरा , कमला बोहरा , बिस्ना धामी र पार्वती जोशी रहेकी छिन् भने ,अखिल क्रान्तिकारीकी शुशिला गुर्धामी स्ववियु समानुपातिक सदस्य निर्विरोध चयन भएकी छिन् ।

उक्त क्याम्पसले मनोमानी सर्वदलिय बैठेकको निर्णयविना नामावलीउपर दावीविरोधको निवेदनलाई समेत मतलव नगरी आफ्नो ढंगले विद्यार्थी संगठनको सहमतीविरुद्ध नामावली प्रकाशन गरेको भन्दै स्ववियु निर्वाचनमा भाग लिनका लागि दर्ता गरिएका चार वटा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै क्याम्पसमा ताला लगाएका लगायतका थिए । तर विद्यार्थीहरुको पढाई प्रभावित भएको गुनासो आएपछि ताला खोलेको थियो । जिल्लामा स्ववियु निर्वाचनमा भने नेविसंघ र अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियु र एस निकट अनेरास्ववियू विच गठबन्धन भएको छ। यस्तै अन्य त्रिभुवन विश्वविद्यालय मातहत रहेका थलारा बहुमुखी क्याम्पस थलारा खोली , शान्ति आदर्श क्याम्पस छबिसपाथिभेरा गाउँपालिका-५ ब्याँसी , सेती क्याम्पस बगडगाउँ छबिसपाथिभेरा गाउँपालिका-१ , बझाङदिप क्याम्पस केदारस्युँ गाउँपालिका-९ झोता , सुनकुडा क्याम्पस सुनकुडा बित्थडचिरगाउँपालिका – ९ , खापरदेव क्याम्पस कालुखेती खप्तडछान्ना गाउँपालिकामा रहेका यी क्याम्पस भने स्ववियु निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि विद्यार्थी संगठन र निर्वाचन टोली तयारी तिव्ररुपमा गरिरहेको छ । सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको जिल्ला एक मात्रै क्याम्पस जयपृथ्वी बहुमुखी क्याम्पस भने चैत ८ गते स्ववियु निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि पनि विद्यार्थी संगठनहरूले उम्मेदवारी दर्ता गराइ सकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्