एकीकृत समाजवादीले तीन मन्त्रालयको दाबी नछाड्ने

काठमाडौँ – उपराष्ट्रपतिको निर्वाचनपछि हुने मन्त्रिमण्डल पुनर्गठन नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालय नछोड्ने गरी दाबी गर्ने भएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले अब हुने मन्त्रिमण्डल पुनर्गठनमा आफ्नो पार्टीले तीनवटा मन्त्रालय पाउने गरी गठबन्धनको बैठकमा दाबी गर्ने बताए ।

‘कांग्रेसले राष्ट्रपति पायो, माओवादीले प्रधानमन्त्री र जसपाले उपराष्ट्रपति पाउने गरी हामी लागेका छौ । यस्तो अवस्थामा अब हामीले रोजेको मन्त्रालय पाउनुपर्छ’, नेता पाण्डेले भने, ‘अर्थ, गृह र भौतिक योजनाजस्ता मन्त्रालयमा हाम्रो स्वतः दाबी रहन्छ । हामी तीनभन्दा कम मन्त्रालय लिएर सरकारमा जाँदैनौ ।’

नेता पाण्डेले अरूले छोडेका मन्त्रालयमा आफ्नो पार्टीले चित्त बुझाउन नसक्ने पनि बताए । ‘अरूले जुन मन्त्रालय छोड्छन् त्यसमा हामीले चित्त बुझाउने अवस्था छैन । किनभने प्रमुख पदहरूमा हामीले कांग्रेस, माओवादी र समाजवादीलाई सहयोग गरेका छौ । त्यस्तो अवस्थामा हामीले मन्त्रालय रोज्न पाउनुपर्छ’, पाण्डेको भनाइ छ । यद्यपि उनले मन्त्रालय भागबन्डाबारे सत्ता गठबन्धनको बैठकमा छलफल हुन बाँकी नै रहेको बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्