राष्ट्रपतिबारे निर्णय लिन रास्वपाको पदाधिकारी बैठक बस्दै

काठमाडौँ – राष्ट्रपतिबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी बैठक आज बस्ने भएको छ। पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बिहीबार बिहान ९ बजे पदाधिकारी बैठक बस्ने तय भएको छ।

राष्ट्रपति निर्वाचनबारे बैठकमा छलफल गरी निर्णयमा पुगिने उनले बताए। गत फागुन १३ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्दा रास्वपा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक बसेको थिएन।

कुन उम्मेदवारलाई भोट दिने भन्नेबारे आज रास्वपाले निर्णय गर्नेछ। राष्ट्रपतिका दुवै उम्मेदवार भोट माग्न रास्वपा केन्द्रीय कार्यालय नै पुगेका थिए। त्यसबेला पार्टी बैठकपछि आवश्यक निर्णयमा पुगिने नेताहरूको भनाइ थियो। आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। रास्वपाबाट १९ जना प्रतिनिधि सभा सांसदले मतदान गर्न पाउनेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्