धनगढीका मेयर हमालको सजाय दिने तरिका : अटेरी गर्नेलाई खादाले सम्मान

कैलाली – मोहनापुल–अत्तरिया ६ लेन सडकको मेडियनको तालजाली नाघ्नेलाई धनगढी उपमहानगरपालिकाले सम्मान गरेको छ। धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले तारजाली नाघ्न हुन्न भन्ने चेतना फैलाउन एक जनालाई खादाले सम्मान गरेका हुन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरका शिवराज पाध्यायलाई खादासहित सम्मान गरिएको हो। नगर प्रमुख हमाललको सचिवालयका अनुसार उनी धनगढी–अत्तरिया ६ लेन सडकको मेडियनमा लगाएको तारजाली नाघिरहेका थिए। सडकको सुन्दरताका लागि उपमहानगरपालिकाले ६ लेन सडकको मेडियनमा विरुवा रोपेर तारजाली लगाएको छ। दुईदेखि तीन सय मिटरको दुरीमा पैदलमार्ग छोडिएको भए पनि मानिसहरुले तारजाली नाघेर वारपार गर्दा विरुवा र जालीमा असर पर्ने गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्