राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

File Photo

काठमाडौँ – राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले सोमबार बैठक बस्ने तयारी भएको जानकारी दिए । सोमबार पदाधिकारी बैठक बस्ने भनिए पनि समय भने तय नभएको उनले बताए।

राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूको भिन्न मत छ। नेकपा माओवादी केन्द्रले सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिएको छ। उसले सहमति नभए एमालेलाई साथ दिन नसक्ने स्पष्ट पारेको छ। एमालेले भने आफ्नो उम्मेदवार बाहेकमा सहमति हुन नसक्ने स्पष्ट पारेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्