आफु देशको प्रमुख कार्यकारी बने सबैलाई फ्री स्वास्थ्य, शिक्षा र रोजगारी दिने हर्क साम्पाङको घोषणा

काठमाडौँ – धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफु देशको कार्यकारी प्रमुख बनेमा सबैलाई श्रम अनिवार्य गराउने बताएका छन् । उनले श्रमको बदलामा सबैलाई वास्थ्य, शिक्षा र रोजगारी दिएने बताए । ‘म यो देशको कार्यकारी प्रमुख बनें भने सबैलाई अनिवार्य श्रम गराउनेछु ।’ उनले भने, ‘बदलामा सबैलाई स्वास्थ्य, शिक्षा र रोजगारी दिनेछु ।’ उनले विना काम घुमेर गफ लडाएर भात खान नपाइने पनि बताएका छन् । ‘कोही कसैले फोकटमा घुमेर गफ लडाएर भात खान पाउने छैनन्, अधिकार सबैलाई बराबर दिइनेछ । कोही कसैबाट कुटिन र लुटिन पर्नेछैन ।’ उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्