नेपाल व्यापार सघंले बुझायो उद्योगमन्त्री समक्ष ज्ञापन पत्र, माग सम्बोधन गर्ने मन्त्रीको आश्वासन

काठमाडाैं – नेपाल व्यापार सघंले उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीलाई १४ बुदेँ माग सहित ज्ञापन पत्र बुुझाएको छ । बुधबार मन्त्रालयमा सघका अध्यक्ष हरी गौतम सहित उपाध्यक्ष पार्वती भट्ट, प्रदेश नम्बर १ उपाध्यक्ष तेज आचार्य सहित अन्य पदाधीकारीको टोलिले ज्ञापन पत्र बुुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारी व्यापारिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न लाग्ने र केहि बुदाहरु अर्थ मन्त्रालयसँग सम्बन्धित भएकाले सो विषयमा अर्थ मन्त्रालयसँग समेत समन्वय गर्ने आश्वासन दिनुभयो ।

दक्ष जनशक्ति उत्पादन गर्ने प्रत्येक स्थानीय तहमा तालिम केन्द्रको स्थापना गर्नुपर्ने , स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्ने , बैंक तथा वित्तिय संस्थाको उच्च व्याजदरका कारण व्यवसायीहरु नै पलायन हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै कर्जा व्याजदर एकल अङ्कमा कायम गनुेपर्ने , भन्सार दरबन्दीको वृद्धिका कारण बजार मूल्य बढ्न गएकाले भन्सार हालको दरबन्दी घटाउनुपर्ने , बैंकले प्रदान गर्दै आएको (सहुलियत) विनाधितो कर्जालाई रु १५ लाख रुपैँयाबाट बढाएर कम्तिमा रु २५ लाख बनाउनुपर्ने, हाल कम्पनी प्रा.ली.लाई आयकर दर २५ प्रतिशत र प्रोपाइटरसिप फर्मको लागी ३६ प्रतिशत दर रहेकोमा दुवैका लागी समान २५ प्रतिशत करको दर कायम गर्नुपर्ने लगायतका मुख्य मागहरु राखिएको थियो ।

सघले राखेका मुख्यमागहरु समयमा सम्बोधन नभए, चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी सघले दिएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघ र नेपाल व्यापार सघंले बैक तथा वित्तीय सस्थाले गरेका ज्यादती बिरुद्ध बिरोध तथा आन्दोलन समेत गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्