डडेल्धुराकाकी ममता भट्टसहित ६ पत्रकारलाई पुरस्कृत गर्ने प्रेस चौतारीको निर्णय

डडेल्धुरा – प्रेस चौतारी नेपालले डडेल्धुरामा रहेर सक्रिय पत्रकारिता गरिरहेकी ममता भट्टसहित ६ पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । भट्ट  रेडियो अमरगढि डडेल्धुराकाकी कार्यक्रम संयोजक  समेत हुन् । प्रेस चौतारीको २५ औं स्थापना दिवसको अवसरमा भट्टलाइ चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको चौतारीले जनाएको छ ।

त्यसैगरी, चौतारीका पूर्वअध्यक्ष बालकृष्ण चौलागाईलाई हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार, अग्नी शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा, सावित्रीदेवी पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लिलाराज भट्टराई र वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार बाराका लक्ष्मी साहलाई प्रदान गर्ने निर्णय गरेको चौतारीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चौतारीले यही माघ २२ गते २५ औं स्थापना दिवस मनाउँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्