डिजिटल स्वास्थ्य प्रणालीबारे छलफल

काठमाडौं – नेपालमा डिजिटल स्वास्थ्य प्रणाली लागु गर्न मानववादी समाज (सोच )नेपाल , दि एशिया फ़ाउण्डेशन र सिभिल खबर जस्ता संस्थाहरू बृहत गृहकार्यका साथ अघि बढेका छन् । आज राजधानीमा आयोजित एक समारोहमा उक्त संस्थाहरूले सँयुक्त रूपमा “नेपालमा डिजिटल स्वास्थ्य प्रणाली , सँभावना र चुनौति” बिषयक एक गोष्ठीको आयोजना गरेको छ । सो अवसरमा सोच नेपालका कार्यकारी अधिकृत उत्तम निरौलाले एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । डिजिटल स्वास्थ्य प्रणालीको चुनौतीको पाटो र आगामी दिनमा हुने फाइदाका विषयमा उपस्थित स्वास्थ्य विज्ञ, चिकित्सक, अर्थ बिज्ञ ,पत्रकार र सर्वसाधारणले मंगलबार काठमाडौँमा आ आफ्नो धारणा प्रस्तुत गरेका छन् । यसरी धारणा प्रस्तुत गर्नेमा सँसदद्वय रामहरी खतिवडा र डा. चन्दा कार्की , राष्ट्रीय स्वास्थ्य अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. प्रदीप ज्ञवाली , स्वास्थय मन्त्रालयका यज्ञ खनाल र राजेन्द्र पौडेल , इन्जीनियर
सुदर्शन शर्मा , जिआइजेडका निर्मल ढकाल लगायतका विज्ञहरूले यस सम्बन्धमा आफ्नो धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रमका बक्ताहरुले साइबर सुरक्षा, डाटा सेक्युरिटी, पब्लिक अनरसिप, डाटाको आधार (बेस) का बारेमा चुनौती हुने भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

सभाध्यक्ष डा. दामोदर पुडासैनीले ईहेल्थ प्रणाली आजको आवश्यकता हो भन्नुभयो ।उहाँले ईहेल्थ प्रणालीको स्थापनाले स्वास्थ क्षेत्रमा जनताले पाउनुपर्ने सुविधा समयमै पाउने, यस क्षेत्रको भ्रष्टाचार न्यूनिकरण हुने, जनताले सर्वसुलभ सेवा पाउने र नयाँ प्रणालीमा नयाँ प्रविधिको प्रयोग हुने भएकाले यसमा एक दुई वटा संस्थाले मात्र नभई सम्पूर्ण सरोकारवाला निकाय तथा सरकार स्वयम जिम्मेवार हुनेपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा वक्ताहरुले हाम्रो देशमा तथ्याङ्क भएको तर यसको व्यवस्थापन हुन नसकेकोले डिजिटल स्वास्थ्य प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको आवश्यकता रहेको औल्याएका थिए । मानव स्वास्थ्य माथि संस्था होस् या सरकार नै किन नहोस् कसैले खेलवाड गर्न पाउने अधिकार नरहेकोले प्रविधिको विकाससँगै डिजिटल स्वास्थ्य प्रणाली अबलम्बन गर्नुपर्ने भएकाले यसतर्फ तयारी थाल्न सुझाव दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्