राष्ट्रिय सहमतिका लागि नेपाली कांग्रेस तयार छ : रमेश लेखक

काठमाडौं – नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रिय सहमतिका लागि पार्टी तयार रहेको बताउनुभएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपति गरी चार पदमा राष्ट्रिय सहमति गर्न सकिन्छ कि भन्ने विषयमा दलमा छलफल भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “चार वटा पदमा राष्ट्रिय सहमति गर्न सकिन्छ कि भन्नुभएको थियो। हामी सहमतिका लागि तयार छौं। छलफल गर्न तयार छौं। त्यो छलफल सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिमा। अब सहमति भनेपछि कुराकानी गर्दा जे पनि होला तर, सबै एउटै दलको नाममा त नहोला।”

उहाँले आफूहरु सकारात्मक रुपले छलफल गर्न तयार रहेको बताउनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्