कैलालीको गौरीगंगामा निशुल्क आँखा शिबिर सम्पन्न, ३२७ जनाले सेवा लिए

प्रेम जोशी, कैलाली– जिल्लाको गौरीगंगा नगरपालिका ११-स्थित आधारभूत स्वास्थ्य केन्द्र झन्झटपुरमा निशुल्क आँखा शिबिर बिहिवार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको आयोजना,च्यारिटी हेल्थ फाउन्डेसन नेपाल,धगगढी नेत्रालय प्रा.लि.को प्राविधिक सहयोग तथा गौरीगंगा नगरपालिका कार्यालय चौमलाको आर्थिक सहयोगमा सो शिबिर संचालन भएको हो ।
शिबिरमा १ सय ३० जना पुरुष र १ सय ९७ जना महिला गरि ३२७ जनाको आँखा जाँच गरिएको थियो । आँखामा मोती बिन्दु समस्या भएका २९ जना बिरामीलाई धनगढी नेत्रालय प्रा.लिमा अप्रेसनको लागि प्रेषण गरिएको छ । आँखा जाँच गरिएका ८४ जनालाई नजिक देखिने चस्मा र २९८ जनालाई औषधि बितरण गरिएको थियो ।
शिबिरमा धगगढी नेत्रालय प्रा.लि.का नेत्र सहायक केशब मास्की,शशी बुढा र रबिन चौधरीको टोलीले आँखा जाँच गरेका थिए । गौरीगंगा वडा न ११ का अध्यक्ष साहेबलाल चौधरी र वडा सदस्य कमल चौधरी र आधारभूत स्वास्थ्य केन्द्र प्रमुख राम दत्त भट्ट,नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखा सभापति छ्त्र बहादुर बम,सचिब भोज बहादुर मन्नी,सदस्य रमेश भाट,स्यंयसेबिका र स्थानीय बासीको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्